घर आगन नियमित बचत तथा ऋण सहकारी संस्था लि. को १३ औँ बार्षिक साधारण सभा सम्पन्न || बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह ||

सिटिजन्स बैंकले ल्यायो डिजिटल बैंकिङ सेवा

 १८ आश्विन २०७८, सोमबार  

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवा सुरु गरेको छ। बैंकले आफ्ना बैंकिङ सेवाहरू मोबाइल फोन वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवा सुरु गरेको जनाएको छ।

हालको मोबाइल बैंकिङ एपलाई स्तरोन्नति गर्दै बैंकले सिटिजन्स बैंकमा खाता भएका एवं नभएका ग्राहकलाई समेत लक्षित गर्दै बिनाचेक ई–क्यास पठाउने, रकम जम्मा गर्नुअघि ई–भौचर प्रयोग गर्ने, बैंकमा अपोइन्टमेन्ट लिने लगायत सुविधा थप गरेको छ।

यसका साथै ग्राहकले मुद्दती खाता खोल्ने, रेमिटेन्स पठाउने, खाताको विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्युआर कोडमार्फत भुक्तानी गर्ने लगायत उपयोगी सेवा प्राप्त गर्न सक्ने बताइएको छन्। योसँगै अब बैंकमा नगई मोबाइल वा कम्प्युटरका माध्यमबाट घरमै बसेर विभिन्न बैंकिङ सेवाहरू सहज रूपमा प्राप्त गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै