श्री एयरलाइन्सको जहाज घाँसे मैदानमा
न्युज डेस्क
१९ आश्विन २०७८, मंगलवार

काठमाडौं । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । नेपालगञ्जका लागि उड्न लागेको ९एनएएनएफ कल साइन भएको क्यु४००-८ जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । जहाज धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेकाे छ ।
विमानस्थल स्रोतका अनुसार जहाज धावनमार्गमा जाने क्रममा पार्किङ क्षेत्रमै गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो । जहाजमा कुनै क्षति भएको छैन । पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको छ ।
यात्रुलाई अर्को जहाजमा पठाउने तयारी गरिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । यो जहाजमा चालक दलका चार सदस्यसहित ८० जना रहेका थिए । अनलाइन खबर
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै