जनकपुरको महावीर चौक सडक जामको कारण यात्रुहरु प्रभावित
तनविर रेजा राइन
जनकपुरधाम। जनकपुरको महाविर चौकमा हुने ट्राफिक जामको कारण यात्रुहरुको दैनिकी नै प्रभावित हुने गरेको छ । ट्राफिक प्रहरीहरु जाम व्यवस्थापन गर्न खटिए पनि सवारी साधनको चाप अत्यधिक हुँदा यात्रुहरुले सास्ती बेहर्नु परेको हो ।
जनकपुरको ठुल्ठुला अफिस,कम्पनीमा काम गर्न यहि सडक हुँदै कार्यालय आवतजावत गर्छन् । पेठिया बजार नजिक भएको हुनाले त्यहाका घुइचो लाग्ने सार्वसाधारणहरु यता भएर हिड्डुल गर्छन्। यो बाटोमा ट्रक, टिपर जस्ता ठुलो सवारी निस्केपछि तुरुंतै तुरुंतै बाटो जाम हुने गर्छन्। दिनभरिमा लगभग १५/२० पटकभन्दा बढी नै सडक जाम हुनेगरेको स्थानियले सुनाउँछन् ।
पैदल यात्रुहरू र सवारीसाधन सडकबाटै हिँड्नुपर्दा झन् जाम हुने गरेको छ। सवारी साधनको चाप पनि बढेको छ । पैदल हिड्ने र सवारीको छुट्टै व्यवस्थापन नभएकोले सडक जाम हुनेगरेको छ। ठुला गाडी मुर्लिचौक भएर जनकचौक भई मार्केट गुडिदा महाविर चौकमा सडक जाम नहुने हुन्थ्यो एक जनाले बताए।