बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जनकपुर बमकाण्डका अभियुक्त टक्लाको जन्मकैद मिनाह

 १९ आश्विन २०७८, मंगलवार  

जनकपुरधाम– बम काण्डका अभियुक्त सञ्जय साहको जन्म कैदको सजायलाई उच्च अदालत जनकपुरले उल्ट्याएको छ। जिल्ला अदालत धनुषाले साहलाई सुनाएको जन्मकैदको फैसलालाई उच्च अदालतले ७ वर्षमा सिमीत गर्ने फैसला गरेको हो ।

 

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय रमेश ढकाल र धीरबहादुर चन्दको संयुक्त इजलासले साहको जन्मकैदको फैसलालाई उल्ट्याएको हो। जन्मकैदलाई घटाएर ७ वर्ष सजाय हुने फैसला सुनाइएको अदालतका रजिष्ट्रार खडकराज अधिकारीले जानकारी दिए।

 

साहमाथि रहेको अर्को मुद्दा कर्तव्य ज्यानमा षड्यन्त्र गरेर घटना गराएको अभियोगमा भने उच्चले कसुरदार ठहर गरेको छ। उक्त मुद्दाको सजाय निर्धारण गरिएको छैन। यो मुद्दामा अगामी कातिक १५ गते बहस हुने रजिष्टार अधिकारीले बताए। साह पहिलो संविधानसभा र दोश्रो संविधानसभा चुनावमा धनुषाबाट विजयी भएका थिए।

 

२०६९ साल वैशाख १८ गते जनकपुरधामको रामानन्द चोकमा शक्तिशाली बम विष्फोट गराइएको काण्डमा साह पक्राउ परेको थियो। घटनामा ५ जनाको ज्यान गएको थियो भने ३३ जना घाइते भएका थिए।जिल्ला अदालत धनुषाले २०७५ चैतमा पूर्वसांसद तथा राज्यमन्त्रीसमेत रहेका साहलाई जन्मकैदको सजाय सुनाएको थियो। जिल्ला अदालतले साहलाई बम काण्डको घटनाका मुख्य योजनाकार भएको भन्दै जन्मकैदको सजायको फैसला गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै