बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

ईपीएल क्रिकेट : चितवन र पोखरा भिड्दै, को पुग्ला फाइनलमा ?

 २० आश्विन २०७८, बुधबार  

काठमाडौं। एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वेन्टी क्रकेटमा आजबाट प्ले अफ्का खेलहरु सुरु हुँदैछ। प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा चितवन टाइगर्स र पोखरा राइनोज भिड्नेछन्।

यो खेल बिहान साँढे ९ बजे सुरु हुनेछ। लिग चरणमा शिर्ष स्थानमा रहँदै चितवन तथा दोस्रो स्थानमा रहँदै पोखरा क्वालिफायरका लागि छनौट भएका हुन्। यो खेलको विजेता फाइनलमा पुग्नेछ।

पराजित हुने टोलीले भोलि दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । आजको दोस्रो खेलमा काठमाडौं किङ्स ११ र भैरहवा ग्लाडिएटर्स भिड्नेछन्। यो खेल दिउसो साँढे १ बजे सुरु हुनेछ। विजेताले पहिलो क्वासलफयारमा पराजित हुने टोलीसँग फाईनल प्रवेशको लागि खेल्नेछ। इपिएल क्रिकेटको फाइनल खेल यही शनिवार आयोजना हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै