राजदेवी मन्दिरमा श्रद्धालुहरुको घुइँचो (फोटोसहित)
न्युज डेस्क
२२ आश्विन २०७८, शुक्रबार

जनकपुर । विजयदशमी शुरु भएसँगै जनकपुरमा दशैको रौनक छाएको छ। जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा श्रद्धालु भक्तजन स्थानीयहरुले उल्लास पूर्वक दशैँ मनाइदै छ।
जनकपुरमा दशैँलाई भव्यता प्रदान गर्न आयोजकहरुले लाखौ खर्च गरेका छन्। राजदेवी मन्दिरलाई बेहुली झैँ सजाइएको छ भने प्रतिमा स्थापना गरी पूजा गरिने स्थानहरुमा भव्य पण्डालको व्यवस्था गरिएको छ।
राजदेवी मन्दिरमा बिहानदेखि रातीसम्म श्रद्धालुहरुको घुइँचो रहने गरेको छ । श्रद्धापूर्वक मनाइने दशैँको अवसरमा विशेष गरी महिलाहरु एका बिहानै शक्तिपीठहरुमा पुगेर पूजाअर्चना गर्ने गरेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै