बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

प्रदेश-२ का अर्थमन्त्री साहले गरे मधेशटप डटकमको कार्यलय उद्घाटन

 २२ आश्विन २०७८, शुक्रबार  

जनकपुरधाम : प्रदेश न. २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मधेशटप डटकमको कार्यलय उद्घाटन गर्नुभएको छ ।

जानकी न्यूज नेटवर्क प्रा.लि द्वारा संचालित मधेशटप डटकम आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ ।

मधेशको कुरा लाई देशभर फैलाउनका लागि गत वर्ष २०७७ सालको दशैं दिन संचालन भएको मधेश डटकम १ वर्ष पूरा गरि दोस्रो वर्षमा प्रवेश गरेको हो ।

मधेशटप प्रदेश २ लगायत तराई मधेशको लोकपि्रय र विश्वासनीय अनलाइन पोर्टल हो । जानकी न्यूज नेटवर्क प्रा लि द्धारा संचालित मधेशटप डटकम समाचार र मनोरञ्जन मिश्रित अनलाइन हो ।

यस खुसिको अवसरमा जानकी न्यूज नेटवर्क प्रा.लिले दर्शक, पाठक तथा विज्ञापन दातालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । मधेशटप ले दर्शक पाठक तथा शुभेच्छुकबाट पाएको माया र सुझावको आधारमा अगाडि बढ्ने छन ।

तथ्यमा आधारित सन्तुलित पत्रकारिता गर्ने क्रममा मधेशटप डटकमलाई अझै प्रखर बनाइने मधेशटप डटकमका संचालक राजन झाले बताए ।

लक्ष्मीनियाँ गाउँपालिका ७ लक्ष्मीनियाँ बजार स्थित रहेको मधेशटप डटकम आगामी दिनमा पनि सत्य तथ्य र निश्पक्ष पत्रकारिताको क्षेत्रमा तपाईहरूसँगै हुनेछ ।

उपस्तितीमा प्रदेश न.२ का पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा,जसपा नेपालका महोत्तरी जिल्ला सदस्य रबिन्द्र कुशवाहा,सामाजवादी विधार्थी युनियन मधेश प्रदेश समितिको उपाध्यक्ष शत्रुधन यादव समेतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै