सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

२० दिनदेखि न्याय माग्दै नेपालगन्जदेखि काठमाडौसम्म पैदल आएर रिले अनशन बसेकालाई पक्राउ

 २३ आश्विन २०७८, शनिबार  

काठमाडौँ — न्याय माग्दै नेपालगन्जदेखि पैदलै संघीय राजधानी आएर रिले अनशन बसेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माइतीघरमा शुक्रबार अनिश्चितकालीन रिले अनशन थालेका उनीहरूलाई साँझ प्रहरीले धरपकड गर्दै लिएर गएको हो । बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा स्थानीय प्रहरी–प्रशासनले चित्तबुझ्दो अनुसन्धान नगरेको भन्दै उनीहरू बुधबार काठमाडौं आइपुगेका हुन् ।

घटनाको सत्यतथ्य छानबिन गरी पीडितलाई न्याय दिनुपर्ने माग केन्द्र सरकारसँग राख्न काठमाडौं आउनुपरेको उनीहरूको भनाइ छ । टोलीमा ११ महिलासहित १४ जना छन् । २० दिन हिँडेर आएका उनीहरू शुक्रबार बिहानै ब्यानर बोकेर माइतीघर पुगेका थिए ।

‘महिलाको हत्या, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान गरी मार्नेहरू होसियार, मौन बस्ने सरकार खबरदारजस्ता नारा लेखिएका ब्यानर र प्लेकार्डसहित उनीहरू अनसनमा थिए ।उनीहरूले शुक्रबार नै नेपालगन्जमा भएका दुई महिला हिंसा र मृत्युको घटनामा न्याय नपाएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगलाई पनि ध्यानाकर्षण पत्र बुझाएका छन् । कान्तिपुर

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै