सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

धनुषामा दुई नाबालकको हत्यासहित आमा पनि झुन्डिएपछि

 २३ आश्विन २०७८, शनिबार  

धनुषामा दुई नाबालक छोराको हत्यासहित आमा पनि झुण्डेर आत्महत्या गरेको धनुषा प्रहरीले जनाएको छ।

शुक्रबार साँझमा धनुषाको नगराईन नगरपालिका–४ लगमा बस्ने गुरुदेव साहकी श्रीमती गुडियादेवी साहले ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय छोरा आदित्यलाई घाँटी कसेर हत्या गरिसकेपछि आफूले पनि पासो लगाएर आत्महत्या गरेको श्रोतले जनाएको छ।

मजदूरको काम गर्ने श्रीमान गुरुदेव कामको सिलसिलामा जनकपुर आएको बेला गुडियाले यस्तो घटना घटना गरेको जिल्ला प्रहरी कर्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार साँझ घरमा वृद्ध सासु ससुरामात्रै थिए। ३ बजे अघि श्रीमानलाई गुडियाले फोन गरेको केहीबेरपछि गुडियाले घटना गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बस्नेतले बताएका छन्।

डिएसपी बस्नेतका अनुसार प्रेम विवाह गरेका गुडियाको माइती पक्षले हालसम्म स्वीकार नगरेको अनुसन्धानको क्रममा भेटिएको छ । अनुसन्धानबाट श्रीमान श्रीमतीबिच कुनै प्रकारको विवाद नभएको पाइएको छ ।

तीनैजनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै