सुकुम्बासी झडपमा प्रहरीको गोलि लागेर ४ जनाको मृत्यु र २५ घाईते, लाग्यो कर्फ्यू
न्युज डेस्क
२४ आश्विन २०७८, आईतवार

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ ।
मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कबब्जा गर्ने समूह र प्रहरीबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार झडपमा घाइते भएका कपिलवस्तुको बाणगंगा नगरपालिका १० का ४८ वर्षीय रमेश परियारको भैरहवाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुने अन्य तीन जनाको पहिचान भएको छैन् । यस्तै झडपमा परी २५ जना वढी घाईते भएका छन् । सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै