बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

धनुषामा पाँच दिनदेखि हराइरहेका पुरुष मृत फेला

 २५ आश्विन २०७८, सोमबार  

धनुषामा पाँच दिनदेखि हराइरहेका कमला नगरपालिका वडा नम्बर ३ बस्ने ५५ वर्षीय नागेश्वर साह गाउँकै नहर नजिकको कल्भर्टमा मृत फेला परेको छ ।

इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक रबीन मैनालीका अनुसार गत बिहीबार साँझदेखि हराइरहेका साह आइतबार साँझ मृत फेला परेको हो ।

बिहीबार श्रीमतीसँगै लगमा बजार गएका थिए । त्यहाँ उनले आयोजना भएको आर्केस्ट्रा हेरेर फर्किने बताएपछि साहकी पत्नी सुनितामात्रै घर फर्किएकी थिइन् । तर उनी त्यहाँबाट हराएका थिए ।

स्थानीयहरुका अनुसार साह मदिरा सेवनकर्ता थिए । उनी मदिरा पिएर घरतर्फ आइरहेको बेला कल्भर्टमा लडेको र सोही क्रममा उनको मृत्यु भएको हुन सक्ने प्रहरी निरीक्षक मैनालीले बताए । घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै