बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

नेपाली बजारमा आज सुनको मूल्य कति ?

 २५ आश्विन २०७८, सोमबार  

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सयले घटेर ९० हजार ६०० कायम भएको छ। छापावाल सुन आइतबार प्रतितोला ९० हजार ७०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ। महासंघले सार्वजनिक गरेको तथ्यांकानुसार आज तेजाबी सुन प्रतितोला ९० हजार १५० मा कारोबार हुनेछ जुन आइतबार प्रतितोला ९० हजार २५० मा कारोबार भएको थियो।

महासंघका अनुसार आज चाँदीको मूल्य आइतबारको तुलनामा पाँचले बढेको छ। चाँदी आइतबार प्रतितोला एक हजार १७५ मा कारोबार भएको थियो भने आज प्रतितोला एक हजार १८० मा कारोबार हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै