सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

ईदमिलादुन्नबी अर्थात मोहम्मद डे (जयन्ती) को महत्व

 २५ आश्विन २०७८, सोमबार  

शाहिदा शाह
ईदमिलादुन्नबी अर्थात मोहम्मद जयन्ती भन्नाले इस्लामका प्रवर्तक हजरत मोहम्मद मुस्तफाﷺ को जन्मदिन हो । यो ईदमिलादुन्नबीको खुशियाली यस कारण मनाईन्छ किनकि स्वयं अल्लाहले यो दिन खुशी मनाउनु भयो र खुशियाली मनाउन सबैलाई आदेश दिनुभयो त्यस कारण यस दिन खुशियाली मनाईन्छ । यहां सम्म कि उहांको जन्मोत्सवको खुशी दूत, स्वर्गकी अप्सरा, मलाईकाले मनाए यस कारण यसको महत्व छ ।

हजरत मोहम्मद मुस्तफाﷺ जन्म हँुदा भएका मोजिज
इस्लामका प्रवर्तक हजरत मोहम्मद मुस्तफाﷺ को जन्म(मुबारक इस्लामी महिना रबिउल अव्वल शरीफमा बिहान सादिकको (रात जाने र बिहान हुने) समयमा भयो । यसरी बीचको समयमा जन्म हुनुमा पनि अल्लाहको मस्लेहत(कारण) थियो । यदि दिनमा उहां जन्मिनु हुन्थ्यो भने दिनले रातलाई भन्थ्यो म तिमी भन्दा उत्कृष्ट छु किन भने दुबै जहानका आका मेरो हिस्सामा तशरीफ ल्याउनुभयो ।अनि यदि उहांको जन्म रातिको समयमा हुन्थ्यो भने रातिले दिनलाई गिज्याउने थियो कि आका मेरो भागमा तशरीफ ल्याउनुभयो तसर्थ म तिमी भन्दा उत्कृष्ट छु । दिन र रात बीच यो विवाद नहोस् भनी अल्लाहले सो विवादलाई समाधान यसरी फरमाउनु भयो कि बीचको समयमा आफ्ना महबूब आफ्ना प्रियलाई दुनियांमा पठाउनुभयो । यसरी उहांको जन्म मुबारक दिन र रातको मध्ये भागमा भयो ।
उहांको जन्म हुने बेला पुरै अरबका डाइ अर्थात सुत्केरी गराउनेहरुले सुत्केरी गराउन अस्वीकार गरे कोही आउन तयार भएनिन् । आकाका हजुरबुवालाई यो खबरले निकै चिन्तित तुल्यायो कि सबैले त अस्वीकार गरिछिन् अब सुत्केरी कसले गराउने होला ।
यहां पनि अल्लाहको उत्कृष्ट मनशाय थियो अल्लाहले फरमाउनु भयो जब मेरो महबूब पाक पवित्र हुन् भने कुनै नापाक डाईले उनको सुत्केरी कसरी गराउन सक्छिन् यस कारण आकाको जन्म इमान भएका (मुसलमान) र पाक व्यक्तित्व उहांकै फुफूले गराउनुभयो । यसरी मदनी ताजदार आका ए नामदार साउदी अरबको मक्का शहरमा कुरैश कबीलामा इस्लामी पात्रो अनुसार तेस्रो महिना रबिउल अव्वलको १२ ईस्वी सम्वत ५७१ अप्रेल २० तारीख सोमबारका दिन जन्मिनुभयो । उंहाले ४० वर्षको उमेरमा नुबूवतको ऐलान गर्नुभयो र उहां नूबुवतको ऐलान पश्चात १३ वर्ष सम्म मक्का शरीफमा बस्नुभयो । उहां मक्का शरीफबाट हिजरत गर्दा (मक्का शहर छाड्दा) उहांको उमेर मुबारक ५३ वर्ष भइसकेको थियो । अनि इस्लामी पात्रो हिजरीको शुरुआत उहांले मक्काबाट हिजरत गरी सकेपछि मदीना शरीफ पुग्नु भएको दिनबाट भयो । उहां हिजरत पश्चात १० वर्ष सम्म मदीना शरीफमा बस्नुभयो उहांको कुल उमरे मुबारक ६३ वर्ष रह्यो । अहिले इस्लामी पात्रो अनुसार १४४२ हिजरी चलिरहेछ र विश्वभरी मुस्लिम समुदायले १४९५ औं ईदमिलादुन्नबी अर्थात मोहम्मद जयन्ती मनाउदैंछन् ।

रिवायत छ कि जन्म हुदां सबभन्दा पहिला जसले आकालाई काखमा लिईन् ती हुन् हजरत अब्दुर्रहमान बिन औफ रजि. की आमा उहांले काखमा लिइएर “अल्हम्दो लिल्लाह” भन्नुभयो जसको जवाफमा आकाशीय वाणी भयो “यरहमुकल्लाह” अनि त्यही बेला एक प्रकाश यस्तो चम्कियो जसको उज्यालोमा अरबबाट शाम (सिरिया)का महल देखिए । ” रिवायत छ कि उस्मान बिन अबि अल आस की आमा फातिमासंग मरवी छ “मदनीआकाको जन्म हुनेबेला म त्यही थिएं मैले एक यस्तो प्रकाश देखें जसबाट सबै घर प्रकाशमय भए अनि ताराहरु आकाशबाट यति झुके कि मलाई लाग्यो कि अब जमीनमा खसिहाल्छन् यिनीहरु ।”
रिवायत छ कि हजरत साफिया आकाकी फुफू भन्नुहुन्छ कि “जतिखेर मदनीआकाको जन्ममुबारक भयो मैले केही अनौठा कुरा देखें एक त एउटा प्रकाश यस्तो आयो जसबाट चारैतिर प्रकाशमय भयो । अर्को कुरा मदनीआका जन्मिने बित्तिकै सज्दा फरमाउनु भयो र सज्दामा “या रब्बी हब्ली उम्मती“ फरमाउनु भयो जसको अर्थ हो “ऐ मेरो रब मेरा उम्मतलाई बख्श देऊ “। अर्को कुरा हजुरको अनुहार यति प्रकाशमय थियोकि बलिरहेको टुकीको प्रकाश फिक्का भईहालेको थियो ।
अर्को कुरा मैले चाहें कि मदनीआकालाई नुवाइ दिऊं आकाशवाणी भयो ऐ साफिया उनी पाक पवित्र र सफा हुनुहुन्छ तिमी कष्ट नगर । अनि अर्को कुरा मदनीआकाको खत्ना गरिएको थियो । कपालमा तेल लगाईएको थियो । अनि मदनीआकाको छाती मुबारकमा कलिमा शरीफ लाईलाह इल्ललाह मुहम्मदुर्रसूल अल्लाह लेखिएको थियो अर्को अचम्मको कुरा यो देखें कि आकाले शहादतको औंला उठाएर फरमाउनुभयो “अस्हदु अन्ना लाइलाह इल्ल लल्लाहो व आनी रसूल अल्लाही ।”
मदनीआकाको जन्मोत्सवको खुशी कसले मनाउंछन् ?

फरिश्ता(दुत)हरुले , हूर ओ मलक ( स्वर्गकी सुन्दरी)हरुले पुरै संसारले यहां सम्म कि स्वंय अल्लाहपाकले मनाउनु भयो । त्यसकारण मुस्लिमहरुले यो हरेक वर्ष इस्लामी पात्रो अनुसार तेस्रो महिना बाराह रबिउल अव्वलको १२ तारीखका दिन उहांको विलादत (जन्मोत्सव) को खुशी विश्व भरी मनाउंछन् ।

के के गरिन्छ मोहम्मद जयन्तीमा
मोहम्मद जयन्तीको सुअवसरमा विश्वभरिका मुस्लिमहरु आ आफ्नो घरको सरसफाई गरी घरमा रंगरोगन गराएर घर घरमा झण्डा लगाउंछन् । घर घरमा लाईटिंग गर्छन् र दीप प्रज्वलित गर्छन् । नुवाइ धुवाइ गरी नयां कपडा र कपडामा इत्तर लगाउंछन् । रात भरी जागेर इबादत गर्छन् । राति आफ्ना मृतकहरुका लागि मगफिरतको दुआ गर्न कब्रिस्तान जान्छन् । भोलिपल्ट घरमा मीठा मीठा परिकार बिर्यानी, खीर र हलुवा आदि बनाउंछन् । साथीभाई र आफन्तलाई बोलाएर खाना खुवाउंछन् । घरमा नात ख्वानी , कुरान ख्वानी र मिलाद शरीफ गर्छन् । यो पर्वमा सामाजिक सद्भावको उदाहरण पनि देख्न मिल्छ किनकि सबै धर्मका अगुवा र सबै धर्मगुरुहरु सुरक्षा निकायका प्रमुख, प्रहरी, राजनीतिकर्मी, पत्रकार, मानव अधिकारकर्मी आदिको उपस्थितिमा नगर परिक्रमा गर्न जूलुसे मोहम्मदी निकाल्छन् । जसमा सबै जातजाती र समुदायका व्यक्तिहरु जसले समुदायमा सद्भाव भाईचारा कायम गर्न गराउन योगदान पुर्याउनेहरुलाई सम्मान गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै