बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

कतार विश्वकपमा छनोट हुने पहिलो राष्ट्र जर्मनी

 २६ आश्विन २०७८, मंगलवार  

 एजेन्सी । सन् २०१४ को विश्वविजेता जर्मनी फिफा विश्वकप कतार २०२२ मा छनोट हुने पहिलो राष्ट्र बनेको छ । युरोपेली छनोटमा साेमबार राती नर्थ म्यासेडोनियालाई ४–० ले पराजित गर्दै जर्मनी कतार विश्वकपमा छनोट हुने पहिलो टोली बनेको हो ।

समूह ‘जे’ मा दुई चरणको खेल बाँकी रहँदै जर्मनीले अर्काे वर्ष कतारमा हुने विश्वकपको टिक पक्का गरेको हो । जर्मनीले अब अर्मेनिया र लिचेस्टाइनसँग खेल्न बाँकी छ । यि दुवै खेलमा आर बेहोरेपनि जर्मनीलाई दोस्रोमा रहेको टोलीले भेट्न सक्ने छैन ।

समूहमा जर्मनीले ८ खेल खेल्दा ७ जित र १ हारको सामाना गरेको छ । जर्मनीले गत अप्रिलमा नर्थ म्यासेडोनियासँगै २–१ हो हार बेहोरेको थियो । हान्सी फ्लिकको प्रशिक्षणमा जर्मनीले विश्वकप छनोटको सबै पाँच खेलमा सफलता हासिल गरेको छ ।

हान्सी फ्लिक युरोकपपछि जर्मनीको प्रशिक्षक बनेका थिए । त्यसपछि जर्मनीले सबै खेल विश्वकप छनोटमै खेलेको थियो । त्यसअघि जोचिम लोको नेतृत्वमा जर्मनील कतार विश्वकपको छनोटको तीन खेल खेल्दा २ जित र १ हारको नतिजा निकालेको थियो ।

र्मनीको फराकिलो जितमा वेर्नरले दुई गोल गर्दा काई हाभर्टज र जमल मुसियालाले समान एक गोल गरे । घरेलु टोली नर्थ म्यासेडोनियाले पहिलो हाफमा बलियो जर्मनीलाई बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन ।

५०औं मिनेटमा काई हाभर्टजको गोलबाट जर्मनीले खेलमा १–० को अग्रता लिन सफल भयो । उनले थोमस मुलरको पासमा गोल गर्न सफल भए । ७०औं मिनेटमा टिमो वेर्नरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे । वेर्नरले मुलरकै पासमा गोल गर्न सफल भएका थिए ।

त्यसको तीन मिनेटपछि नै वेर्नरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै जर्मनीलाई सहज जिततर्फ अघि बढाए । उनले फ्लोरियन रिट्जको पासमा गोल गरेका थिए । ८औं मिनेटमा जमन मुसियालाले करिम यडियमीको पासमा गोल गर्दै जर्मनीलाई ४–० को फराकिलो जित दिलाए ।

यो जितसँगै समूह ‘जे’ मा जर्मनी ८ खेलबाट २१ अंक जोडेर शीर्षस्थानमा यथावत रह्यो । पराजित म्यासेडोनिया १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । ‘कतार विश्वकप २०२२’ २१ नोभेम्वर देखि १८ डिसेम्वर २०२२ सम्म कतारको विभिन्न स्टेडियममा हुदैछ । कतार आयोजकको रुपमा छनोट भइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै