बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

बसको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु

 २६ आश्विन २०७८, मंगलवार  

बाँकेमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट बैतडी जाँदै गरेको ना ६ ख ७४८४ नम्बरको बसले राप्तीसोनारीस्थित ८ परुवाखोला नजिकै सोमबार साँझ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

ज्यान गुमाउनेमा राप्तीसोनारी–८ बालापुर बस्ने २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र ३४ वर्षीया गीता थारु रहेका जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

पैदल हिंडिरहेका थारु र खड्कालाई बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । घटनाको विरोधमा पीडित पक्षले पूर्वपश्चिम राजमार्गअन्तर्गत समसेरगञ्जमा राजमार्ग अवरुद्ध गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै