बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

सुनसरीको घटनाप्रति अध्यक्ष अन्सारीको निर्देशन ‘दोषिलाई छिटो कारबाही गर’

 २७ आश्विन २०७८, बुधबार  

सुनसरीमा प्रहरीको हिरासतमा एक जना युवाको मृत्यु भएको घटनाप्रति मुस्लिम आयोगले चासो लिएको छ ।

यूरोप भ्रमणमा रहनुभएका आयोग अध्यक्ष समिम मियाँ अन्सारीले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतसँग टेलिफोन सम्पर्क गरी घटनाबारे जानकारी लिएका छन् । उनले सत्यतथ्य छानबिन गरी दोषिलाई कारबाही गर्न निर्देशनसमेत दिएका छन् । ‘सुनसरीमा धेरै दुखद घटना भयो,’ उनले भने, ‘मैले पेरिसबाट सिडियो र सुरक्षा निकायसँग सम्पर्क गरी छिटोभन्दा छिटो सत्यतथ्य छानबिन गरी दोषिमाथि कारबाही गर्न भनेको छु ।’

घटनाबारे मुस्लिम आयोगले पनि पीडित र सरोकारवालाबाट जानकारी लिइरहेको अध्यक्ष अन्सारीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै