सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

दसैं मधेससहित देशभर उल्लासपूर्वक मनाइँदै

 २७ आश्विन २०७८, बुधबार  

आपसी सद्भाव, एकता, उत्साह, उमंगको साझा पर्व दसैं मधेससहित देशभर उल्लासपूर्वक मनाइँदै छ। बेहुली झै सजिएका शक्तिपीठहरुमा पूजाका लागि श्रद्धालुहरुको भीड लागेको छ।

जनकपुरको राजदेवी मन्दिरलाई सिँगारिएर झकिझकाउ बनाइएको छ। वरिपरि रंगीचंगी प्रवेशद्वार निर्माण गरिएको छ भने आकर्षक झाल-फानूस तथा बिजुलीबत्तीले श्रृंगारिएको छ।

महाविर युवा कमिटि पूजा समितिहरु श्रद्धालुहरुको भीड व्यवस्थापनदेखि पूजा सामग्री व्यवस्थापनमा जुटेका छन्। घटस्थापनादेखि नै दैनिक साँझ विहान पूजाका लागि आउने श्रद्धालुको भीड देख्न सकिन्छ। मन्दिर वरिपरि सडकमा रंगीचंगी बेलुनलगायतका सामग्री बेच्नेहरुका कारण मेलाको अनुभूति दिलाउँछ।

दसैंको पहिलो दिन घटस्थापनाका दिन शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरिन्छ। जहाँ  नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ।  ‘दसैं आश्विन शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म मनाइन्छ। शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ। विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै