सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

मासुको विषयमा विवाद, धारिलो हतियार प्रहार गरी बुबाले गरे छोराको हत्या

 २७ आश्विन २०७८, बुधबार  

मासुको विषयमा विवाद हुँदा बाबुले आफ्नै छोराको हत्या गरेका छन्। जिल्लास्थित बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडा निवासी ५५ वर्षीय निमबहादुर कवरले आफ्नै छोरा ३३ वर्षीय रुपलाल कवरको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ।

दसैँको मासुको विषयमा घरमा बाबुछोराको सामान्य विवाद भएकोमा बाबुले धारिलो हतियार प्रहार गरी घटनास्थलमै रुपलालको टाउको छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

मङ्गलबार राति करिब १० बजेतिर घटना घटेको प्रहरीको भनाइ छ। प्रहरीले घटनामा सङ्लग्न भएको आरोपमा निमबहादुरलाई पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै