बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

डुप्लिकेट शाहरुख बेरोजगार

 २७ आश्विन २०७८, बुधबार  

मुम्बई(दैनिक जागरण)– लागुऔषध मुद्धालाई लिएर अभिनेता शाहरुख खानका छोरा आर्यन खान निरन्तर चर्चामा छन् । यो मुद्धाका कारण शाहरुखले कैयौं समस्याको सामना गरिरहनु परेको छ । आर्यनको मुद्धाका कारण शाहरुखको एक टिचिङ एपलाई कम्पनीले बन्द नै गरिदिएको छ । यो समस्या केवल शाहरुख मात्र होइन, उनको ‘डुप्लिकेट’ राजु रहिकवाले पनि भोगिरहनु परेको छ ।

राजु शाहरुख जस्तै अनुहारका कारण देशभर चर्चामा छन् । उनी कैयौं कार्यक्रम र पार्टीमा सहभागी हुन्छन् । तर लागुऔषध मामलामा जब आर्यनको नाम आयो, त्यहीदेखि राजुलाई आर्थिक भार झेल्नु परेको छ ।

राजुले कतै काम पाएका छैनन् । राजुले जति कार्यक्रममा सहभागिता जनाउने योजना बनाएका थिए, आर्यनको लागुऔषध मुद्धा सार्वजनिक भएपछि उनका सबै कार्यक्रम रद्ध भएका छन् ।

‘करिब डेढ वर्षदेखि कोरोना भाइरसका कारण कुनै कार्यक्रम भएन । जसकारण कुनै काम मिलेन । महामारी पछि विस्तारै काम सुरु भयो, त्यसपछि मैले अब काम शुरु हुन्छ भन्ने सोचें । हालै दुई शो गर्ने मौका पाएँ, तर आयोजकले ‘दर्शकहरु शाहरुखको अनुहारका कारण खुशी नभएकाले तपाईलाई थाहै छ, माहौल के चलिरहेको छ’ भनेर शो रद्द गरे ।

राजुले आफ्नो प्रस्तुतिका कारण आएको पैसाले सन्तानको स्कुल शुल्क तिर्ने योजना बनाए पनि त्यो पुरा नभएपछि अर्को योजना बनाइरहेको खुलाए ।

‘मलाई उनीविरुद्ध कुनै उजुरी छैन । म उनका लागि आफ्नो काम त्याग्न तयार छु । मेरो पहिचान शाहरुख जस्तै छ । आज मसँग जे छ, सबै उनकै कारण छ । यसकारण म उनीजस्तै देखिन्छु । उनी मेरो भगवान हुन् । अहिले उनको परिवार दुःखमा छन् । म पनि यस्तै महशुस गरिरहेको छु । म यही चाहन्छु कि आर्यन घर आउन्,’ उनले भनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै