घर आगन नियमित बचत तथा ऋण सहकारी संस्था लि. को १३ औँ बार्षिक साधारण सभा सम्पन्न || बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह ||

दशहारा पर्वको लोक परम्परा हराउँदै, आजका बुढा-युवा-चेली आर्कस्टेरातर्फ

 २८ आश्विन २०७८, बिहीबार  

दशहारा पर्वको लोक परम्परा हराउँदै  हराएको छ। मिथिलामा हुने सांस्कृतिक नृत्य लगायत चर्चित ‘झिझिया’ आजभोली खेल्नेदेखिन छाडेका छन्।

आजका बुढायुवा आर्कस्टेरातर्फ उन्मुख भएको देखिन्छ । बडादसैं पर्वका पुराना लोक परम्परा केही वर्षयता हराउँदै गएका हुन्। साथै झिंझिया नृत्य देखिन छाडेपछि राष्ट्रिय महत्वको यो पर्वमा स्थानीय लोकपरम्परा देखिन छाडेको हो।

यसैगरि नवरात्र सुरु भएकै दिन मिथिला क्षेत्रमा घन्कने झिझिया गीत र त्यसको तालमा जादुमय तरिकाले नाच्ने नृत्यांगनाको समूह पनि अब पातलिदै गएको छ। ‘नयाँ पुस्ताका युवा, छोरी-चेली वास्ता देखाउँदैनन् ।

असुर प्रवृतिविरुद्घ सात्विक प्रवृति र असत्यमाथि सत्यको विजयका रुपमा मनाइने दसैं पर्वमा झिझिया नृत्य मिथिला क्षेत्रको प्रमुख आकर्षण रहँदै आएको थियो।

झिझिया गीतमा देवी दुर्गाको प्रार्थना, बोक्सी भनिने दुष्टआत्मालाई गाली र सन्तानको कल्याण र दीर्घायूको कामनाको भाव हुन्छ। गीतको तालमा असङख्य प्वालैप्वाल भएको घैँटो टाउकोमा राखेर नाच्ने महिलाको नृत्यताल मनमोहक हुने गर्छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै