बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

साफ फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने

 २८ आश्विन २०७८, बिहीबार  

काठमाडौँ- साफ फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । भारत र नेपाल शीर्ष दुईमा रहँदै उपाधि नजिक पुगेका हुन् ।

बुधबार राति राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३-१ गोलले हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो ।बुधबार नै भएको पहिलो खेलमा नेपालले बंगलादेशसँग बराबरी खेल्दै फाइनलमा स्थान बनाएको थियो ।

फाइनलमा नेपाललाई भारतसँग बदला लिने अवसरसमेत हुनेछ । राउण्ड रोबिङ लिग अन्तरगत पहिलो खेलमा नेपाल भारतसँग १-० ले पराजित भएको थियो । अहिलेसम्म साफ फुटबलमा सात पटक च्याम्पियन बनेर सर्वाधिक सफल टिम रहेको भारतलाई हराउन नेपाललाई त्यति सहज भने हुने छैन । तथापि जितका लागि खेल्ने प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले जनाएका छन् ।

फाइनल खेल आइतबार अपराह्न ४:४५ बजे हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै