मदिराको नशामा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
न्युज डेस्क
२८ आश्विन २०७८, बिहीबार

अर्घाखाँची- मदिराको नशामा अर्घाखाँचीमा श्रीमानले श्रीमतीको हत्या गरेको प्रहरीले दाबी गरेको छ ।
गुल्मीको ईस्मा गाउपालिका-२ हल्दीटारा घर भई हाल अर्घाखाँचीको छत्रदेब गाउँपालिका-८ मा भाडामा बस्ने ४३ वर्षीय लाल बहादुर कुमालले बुधवार राति श्रीमती ३० वर्षीया सीता कुमाललाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक सुजन शाहले अभियुक्तबारे थप अनुसन्धान भइरहेको छ । उनले आफूले नसामा श्रीमतीलाई कुटपिट गर्दा मृत्यु भएको स्वीकार गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै