बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

साफ च्याम्पियनसिप : उपविजेता बनेकाे नेपालले पायाे २५ हजार डलर

 ३१ आश्विन २०७८, आईतवार  

काठमाडौं । साफ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य अधुरै भएको छ। शनिबार राति माल्दिभ्सको मालेमा सम्पन्न फाइनलमा नेपालले चीर प्रतिद्वन्द्वी भारतसँग ३–० ले पराजित भएपछि पहिलोपटक साफको उपाधि जित्ने लक्ष्य अधुरै भएको हो ।

भारतले साफ च्याम्पियनसिपको उपाधि जितेको आठौं पटक हो । पहिलो हाफमा बराबरीमा रोकिएको खेल दोस्रो हाफमा भारतले लगातार २ गोल गरेको थियो । वर्षाबीच चलेको खेलको पहिलो गोल सुनिल क्षेत्रीले ४९ औं मिनेटमा गरे । नजिकको दूरीमा प्राप्त क्रसलाई उनले सजिलै हेडबाट पहिलो गोल गरेका थिए ।

पहिलो गोल खाएर सम्हालिन पनि नपाएको नेपालविरुद्ध सुरेश सिंहले ५० औं मिनेटमा दोस्रो गोल थपे । यस्तै खेलको ९० औं मिनेटमा सब्टिच्युट साह अल्दुलले तेस्रो गोल गरे ।

अहिलेसम्मका १३ संस्करणमध्ये भारतले एक अवसरमा छाडेर सबैमा फाइनल खेलेको छ । भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा साफको उपाधि जितेको थियो ।

पहिलाे पटक फाइनल पुगेकाे नेपाल उपविजेतामै सिमित बन्याे । उपविजेता बनेकाे नेपालले २५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै