सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

भारतको केरलामा भारी वर्षा, ६ जनाको मृत्यु

 ३१ आश्विन २०७८, आईतवार  

एजेन्सी । भारतको केरलामा ठूलो पानीका कारण आएको बाढीले जनजीवन प्रभावित बनेको छ ।

बाढीका कारण केरलामा अहिलेसम्म ६ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिले पनि पानी निरन्तर परिरहेकाले नागरिकको राहत र उद्धारका लागि सेना तैनाथ गरिएको केरलाका रक्षा जनसम्पर्क कार्यालयले जनाएको छ ।

केरलाको इडुकी, पथनमथिट्टा, त्रिसूर र कोट्टयम बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएका छन् ।

भारतको मौसम विज्ञान विभागले केरला, कर्नाटक, तमिलनाडू, पुडुचेरी र कराईकल लगायतका क्षेत्रमा आज झनै ठूलो पानी पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ ।

अरब सागरमा बनेको पानी पार्ने प्रणालीका कारण पाँच जिल्लामा रेड अलर्ट र सात जिल्लामा ओरेन्ज अलर्ट जारी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै