बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

प्रधानमन्त्री देउवाले दिए मोहम्मद जन्मोत्सवको शुभकामना

 २ कार्तिक २०७८, मंगलवार  

जनकपुर – प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वका माध्यमबाट राष्ट्रिय एकता, अखण्डतालाई थप बलियो बनाउने बताउनुभएको छ । प्रधानमन्त्री देउवाले मुस्लिम धर्मावलम्बीका धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्ललाहो अलैहेव सल्लमको जन्मदिनमा मनाइने मोहम्मद जयन्ती (मोहम्मद दिवस)का अवसरमा शुभकामना दिनुहुँदै सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले यो दिवसले सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
कोरोना भाइरस महामारीको विषम् परिस्थितिलाई दृष्टिगत गर्दै सबैले आफू र आफ्नो परिवारलाई सुरक्षित राखी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर हर्षाेल्लासपूर्वक दिवस मनाउन उहाँले मुस्लिम धर्मावलम्बीलाई आग्रह गर्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै