बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

थ्री एसियन कप छनोट खेल्न नेपाली फुटबल टोली ताजकिस्तान प्रस्थान

 २ कार्तिक २०७८, मंगलवार  

काठमाडौं। एएफसी २३ वर्ष मूनिका एसियन कप छनोट खेल्न नेपाली टोली ताजिकिस्तान प्रस्थान गरेको छ। नेपाली टोली मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

नेपालसँगै ताजिकिस्तान, लेबनान र इरान समूह ‘बी’मा छन्। त्यसअघि नेपालले अक्टोबर २२ शुक्रबार इन्डोनेसियाको यु–२३ टोलीसँग ताजिकिस्तानमै मैत्रीपूर्ण खेल खेल्नेछ।

छनोटमा नेपालले पहिलो खेल इरानसँग अक्टोबर २५ मा खेल्नेछ। यस्तै दोस्रो खेल ताजिकिस्तानसँग अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ। नेपाली टोलीमा साफ च्याम्पियनसिपको उपविजेता टिममा रहेका ६ खेलाडी पनि छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै