सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

विराटनगर एयरपोर्टमा बाढी पस्यो, सबै उडान स्थगित

 ३ कार्तिक २०७८, बुधबार  

अविरल वर्षाले केशलिया खाेलामा आएकाे बाढी पसेपछि विराटनगर विमानस्थल बन्द भएको छ । विमानस्थलभित्र सबै स्थान जलमग्न भएको विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलले बताए ।

एयरपोर्टकाे धावनमार्गमा पनि डेढफिटसम्म पानी जमेकाे छ । टर्मिनल भवनभित्र पनि पानी जमेकाे छ । खरेलले भने, ‘विमानस्थल छिर्ने गेटेदेखि लिएर, जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर जलमग्न छ ।’उनका  अनुसार पानीको निकास नभएसम्म उडान हुन सक्ने अवस्था छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै