घर आगन नियमित बचत तथा ऋण सहकारी संस्था लि. को १३ औँ बार्षिक साधारण सभा सम्पन्न || बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह ||

धानबाली डुबानमा परेपछि किसान चिन्तित

 ३ कार्तिक २०७८, बुधबार  

धनुषा टाईम्स – लगातारको वर्षाले प्रदेश-२ का आठौं जिल्लाको धानबालीमा क्षति पुर्‍याएको  छ। काटेर खेतमै रहेका अवस्थामा धानबाली डुबानमा परेपछि किसान चिन्तित बनेका छन्।

खेतमा पानी जमेपछि काटेको धान डुबानमा परेकोे धनुषाका एक किसानले बताए। ठूलो मिहिनेत र लगानी गरेको धानबाली भित्राउने बेलामा पानीमा डुबेर खेतमा धान झरेर टुसा उम्रिने भएपछि उनीहरु निरास भएका छन्।

केन्द्रका अनुसार यसवर्ष जिल्लाको ६८ हजार हेक्टरमध्ये ६३ हजार हेक्टरमा धान बाली लगाइएको थियो। वर्षाले साथ दिँदा सतप्रतिशत रोपाइँ भएकाले केन्द्रले जिल्लामा धान उत्पादन बढ्ने अनुमान समेत गरेको थियो।

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण उत्पादनमा झन्डै २० प्रतिशत क्षति पुग्ने जनाइएको छ। पाकेको धानबालीमा पानी जमेर नष्ट हुँदा किसान मर्कामा परेका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै