बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

‘मोहम्मद-डे’ को अवसरमा जनकपुरमा र्‍याली (फोटोसहित)

 ३ कार्तिक २०७८, बुधबार  

धनुषा टाईम्स – इस्लाम धर्मका प्रवर्तक मोहम्मद सल्लाह अलैवसल्लामको १४९६ औँ जन्मजयन्ती ‘मोहम्मद डे’ को अवसरमा मुस्लिम समुदायले बुधबार जनकपुरमा र्‍याली निकालेका छन्।

इस्लाम धर्मावलम्वीहरुले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाह अलैवसल्लामको जन्मदिनको अवसरमा जनकपुरको नमस्कार चौकबाट र्‍याली निकालिएकाे हाे।


नमस्कार चौकबाट निस्किएको उक्त र्‍याली मुर्ली चौक हुँदै कदम चौक हुँदै भानु चौक हुँदै शिव चौक हुँदै जनक चौक हुँदै राम चौक हुँदै महावीर चौक हुँदै फ़ेरि नमस्कार चौकमामा पुगेर र्‍याली समापन गरिएको थियो। मुस्लिम समुदायका मानिसहरु विभिन्न भेषभुषामा सजिएर र्‍यालीमा सहभागी भएका थिए।

जुलुसे मोहम्मदी कार्यक्रममा मुस्लिम सनुदायका हजारौं मानिसहरुको सहभागी रहेकोे थियो। साथै राजनीतिकर्मी नेताहरूले मोहम्मद डे को शुभकामना व्यक्त गरेका थिए। मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो, उमा शंकर अरगरिया, जनकपुर उपमहानगरका मेयर लालकिशोर साह, मुस्लिम अगुवा हकिम राईन, वडा अध्यक्ष जानकी राम साह, सलामत राईन, नाजिर हुसेन, साजिद हुसेन, वसिम अकरम लगायत सयौं नेताहरूको उपस्थिति रहेकोे थियो साथै सयौं मुस्लिम धर्म गुरु सहभागी थिए।


मोहम्मद डे लाई ईद मिलादुननबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ । आमरुपमा नेपाली मुस्लिम समुदायले मोहम्मद जयन्ती भनेर मनाउने गर्दछ। १४९५ वर्ष पहिले अरब देशको मक्का शहरमा बनु हाशिम खानदानमा हजरत अब्दुल मुत्तलिबको घरमा बुवा हजरत अब्दुल्लाह र आमा हजरत अमिना रदिउल्लाह ताला अन्हुमाको कोखबाट २२ अप्रिल ५७१ ई।वि मा हजरत मोहम्मद सलल्लाहु अलैहे वसल्लमको जन्म भएको हो ।

अरेबिक महिनाको रबिउल अब्बलको १२ तारिख सोमवारका दिन विहान सूर्य उदाउनु पूर्व हजरत मोहम्मद सलल्लाहु अलैहे वसल्लमको जन्म भएको हो । मोहम्मदको जन्म दिनलाई संसारभरमा मुस्लिम धर्मावलम्बीहरुले मोहम्मद–डे मनाउने गर्दछन् ।

मोहम्मद जन्मिँदा रगतले नलतपतिएको, नुहाइदिइसकेपछिको जस्तो सफा, सुगन्धयुक्त र जन्मजात खतना गरिएको अवस्थामा थिए भनिन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो । त्यसैले पनि साउदी अरबको मक्का र मदिनालाई पवित्र तिर्थस्थल मानिन्छ ।

मोहम्मद–डे का अवसरमा आफ्नो परम्परा वमोजिम गरिब, असक्त अनाथ बालबालिकाहरुलाई दान दिने, घर–आगँन सरसफाई गर्ने, घरमा इस्लामीक झण्डा फहराउने, दिप–प्रज्वलन गर्ने, मोहम्मदको यादमा मिलादुन नबीको आयोजना गर्ने र मोहम्मदको गुणगान गर्दै जुलुस निकाली मोहम्मद जयन्ति मनाउने प्रचलन रहँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै