सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

किसानलाई राहत दिन भन्दै लोसपा विद्यार्थीले बुझाइयो कृषि तथा सहकारी मन्त्रालयलाई ज्ञापनपत्र

 ५ कार्तिक २०७८, शुक्रबार  

धनुषा टाईम्स – जनकपुरधाम स्थित रहेकोे प्रदेश-२ को भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयमा आज लोसपाका विद्यार्थी र युवाहरूको एक समूहले ज्ञापनपत्र बुझाएका छन्।


केहि दिन पहिला बेमौसमी वर्षाले धानबालीमा छती पुर्याएको थियो। जसको कारण किसान धेरै नै चिन्तित बन्न पुगेको थियो। त्यो कुरालाई मध्यनजर गर्दै किसानको पीडा बुझेपछि लोसपाका विद्यार्थीले उनीहरुको लागि समयमै राहत दिन माग गर्दै प्रदेश-२ को भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयलाई ज्ञापनपत्र बुझाइएका हुन्।


प्रदेश-२ सरकारले किसानको पीडा बुझिदिन र क्षतिपूर्तिको उचित राहत दिन जोडदार माग गरेको ज्ञापन पत्रमा लेखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै