बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जनकपुरका दलितमाथि प्रहरीले गरे अमानवीय व्यवहार, पीडित न्याय माग्दै

 ६ कार्तिक २०७८, शनिबार  

धनुषा टाईम्स – जनकपुरधामको मुजेलियामा बस्ने एक दलितलाई अमानवीय ढंगले यातना दिएको भन्दै प्रहरीमाथि आरोप लागेको छ।

मुजेलिया प्रहरी चौकीका सई चन्दनकुमार सिंहले जनकपुरधाम-१४ मुजेलियामा बस्ने २८ वर्षीय राजकुमार सदालाई अमानवीय क्रियाकलाप गरिएको हो।

वैदेशिक रोजगारीमा पठाउने ठगी गर्ने व्यक्तिसँग पैसा फिर्ता माग्दा प्रहरीले आफूलाई नै उल्टै यातना दिएको पीडित सदाको आरोप छ।

विगत ४ वर्षअघि के भएको थियो ?
स्थानीय एजेन्ट रामहृदय यादवले विदेश पठाइदिन्छु भनेपछि सदाले स्थानीय साहु महाजनसँग ऋण लिएर उनलाई ९५ हजार रुपैयाँ बुझाएका थिए । तर कम्पनी नै बन्द भएपछि वैदेशिक रोजगारीका लागि बहराइन पुगेका सदा दुई महिना नपुग्दैँ नेपाल फर्किनुपरेको थियो।

अहिले
सदा ठगिएको भन्दै यादवसँग रकम मागेपछि कार्तिक २ गते मुजेलियास्थित यातायात कार्यालयको छेउमा राति अन्दाजी ९ बजे तिर भेट्न बोलाएका थिए । त्यसपछि यादवले सोही राति मुजेलिया प्रहरी चौकीका सई सिंहलाई भनेपछि प्रहरी सदाको घरमा गएर पुगेर उनलाई पक्रेर चौकी ल्याएको थियो । सो राति आधा घण्टासम्म प्रहरीले कुटपिट गरेको उनले सुनाए ।

प्रहरीको यातनाबाट घाइते भएका सदालाई उपचारका लागि स्थानीय समर हस्पिटलमा भर्ना गरिएको थियो । तर रकम अभावको कारण उनी त्यहाँबाट घर फर्कन बाध्य भएका छन् । सदाका दाइ विजय सदाले भने आफ्नो परिवारमाथि प्रहरीले अमानवीय व्यवहार गरेको र यातना दिएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा न्याय तथा क्षतिपूर्तिको माग गर्दै उजुरी दिएका छन् ।

ठगी गरेको ९५ हजार रुपैयाँ समेत उपलब्ध गराइदिन र प्रहरीले दिएको यातनामा समेत न्याय तथा सई सिंह समेतलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालयमा सदाले निवेदन दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै