सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

अमेरिकाले अनुदानमा उपलब्ध गराएको फाइजर खोप काठमाडौं आइपुग्यो

 ८ कार्तिक २०७८, सोमबार  

अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख बढी डोज कोरोना खोप नेपाल आइपुगेको छ ।

कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मार्फत उपलब्ध गराइएको फाइजर खोप आज बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौं आइपुगेको हो।

यसअघि पनि अमेरिकाले जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार डोज खोप दिएको थियो। यो खोप एक डोज लगाए मात्र पुग्छ।

अहिले दिएको फाइजर खोप १२ वर्षभन्दा माथिका बालबालिकालाई पनि लगाउन मिल्छ। यो खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानमा देखिएको छ।

फाइजर खोप दीर्घ रोगीलाई लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ।

यसपछि अमेरिकाबाटै ६० लाख फाइजर खोप खरीद गर्न लागिएको छ। पुसम्म आउने खोप बालबालिकालाई लगाइनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै