बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

मिथिला क्षेत्रका बासिन्दा दीपावली पर्वको तयारीमा

 ८ कार्तिक २०७८, सोमबार  

जनकपुर-  दसैँ पर्व भर्खरै सम्पन्न गरेका मिथिला क्षेत्रका बासिन्दा अब लोकआस्थाको पर्व दीपावलीको तयारीमा जुटेका छन् ।

मिथिलामा ती पर्वमा गरिब र श्रमजीवीका लागि आर्जनको अवसर पनि बन्ने गरेको छ । गरिब किसानका उत्पादनले महत्व पाउने र श्रमजीवीलाई पर्वविशेषसँग जोडिएका थप काम पाइने भएपछि यी पर्व खास अवसरसमेत बन्ने गरेका हुन् ।

 

दीपावली पर्वमा व्यापारिक प्रतिष्ठानले लक्ष्मीपूजास्थल सजाउन केराका थामबाट द्वार बनाउने चलन छ । यस प्रयोजनका लागि घरकरेसामा रहेका केराका कोथा (नयाँ हुर्केका बिरुवा) बेचेर नै गरिब किसानले राम्रो आर्जन गर्ने अवसर पाउँछन् ।

 

हिन्दू वैदिक परम्पराका दीपावाली र छठ पर्व कृषिसँग अभिन्न रुपले जोडिएका यस भेगका पाका मैथिल बताउँछन् । मुख्य खेती अन्नबाली लगाउने समय सकिएको र नयाँ बाली धान भित्र्याउने समयअघि पर्ने यी पर्व धनी गरिब सबैका लागि खुसीको अवसर हुने जनाइएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै