गरिब परिवारकी छोरी बिहेमा ईस्लामिक फाउन्डेसन लादोद्वारा आर्थिकदेखि सामाग्रीसम्मको सहयोग

जनकपुरधाम – ईस्लामिक फाउन्डेसन जनकपुर-२३ लादोद्वारा एक गरिब परिवारकी छोरी बिहेमा आर्थिक नगद सहित सामाग्री सहयोग गरिएको छ।
महोत्तरी जिल्लाको भंगहा नगरपालिका वडा नम्बर ७ स्थित सगरामपुर गाउँमा कासिम कवारीकी छोरी बिहेमा ईस्लामिक फाउन्डेसन जनकपुर-२३ लादोले आर्थिक नगद सहित बिहेमा दिने परम्परा अनुसार सबै सामाग्री सहयोग गरिएको हो।
सोमबारको दिन यस फाउन्डेसनका टिमले सगरामपुर गाउँमै पुगेर नगद रु.९० हजार र लेडिज सुट पिस ३२ थान, साडी ४ थान, पैन्ट सर्ट पिस ६ थान, स्टिल दराज १ थान, पेटि बाकस ३ थान, भाडाकुडा र कास्मेटिकका सबै सामाग्री कासिम कवारीलाई हस्तान्तरण गरिएको छ।
हस्तान्तरणमा “ईस्लामिक फाउन्डेसन जनकपुर-२३ लादो” संस्थाका उपाध्यक्ष जाहिर कवारी,मासुम राईन, इसराईल राईन, मन्जुर राईन, करिम राइन, मैनुदिन नदाफ, इबरान, सलाउदिन, गुलाम अन्सारी, नुर हसन, रबानी, आसमोहम्मद, सदाम र हसन लगायतको उपस्थिति रहेकोे थियो। यता छोरीको बिहेमा पाएको सहयोगले कासिम कवारी धेरै नै खुशी देखिएका छन् ।