बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

मधेसमा एकल जातीय शासन चल्दैन, संघियता सखाप पार्न खोज्नेलाई औषधि दिनुस् : अध्यक्ष उपेन्द्र यादव

 ८ कार्तिक २०७८, सोमबार  

तनविर रेजा राइन,जनकपुरधाम – जनता समाजवादी पार्टीले जनकपुरमा आयोजना गरिएको दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले जनताको स्वतन्त्रताको बारेमा टिप्पणी गरेका छन्।

अध्यक्ष यादवले भने नेपालमा विगतदेखि बडा बडा आन्दोलन, मधेस विद्रोह, जनआन्दोलन, लगायत धेरै संघर्षपछि नेपालमा जनता राजा शासनबाट मुक्त भएको छ। साथै धेरै सहिदको बलिदानीले गणतन्त्र नेपालमा आएको हो।

फ़ेरि यादवले भने नेपालमा रहेको एकल जातिय शासनको अन्त्य, लोकतन्त्र, संघीयता इत्यादिको स्थापना जनताको संघर्षले नै भएको दावी गरेका हुन्।

मधेस आन्दोलनको कारणले नै संघीय लोकतान्त्रिक गणतन्त्र देशमा आएको हो जुन हामी मधेसी नेपालीको सफलता हासिल प्राप्त भएको हो। देशका कयौं विरोधी शक्तिले आफ्नो स्वार्थीको लागि संघियतालाई सखाप पार्न खोजेको छ। जुन आजभोलि धेरै हावा जस्तै फैलिदैछन् यसलाई समयमै अन्त्य गर्न नेतृत्व खेल्ने अध्यक्ष यादवले प्रतिबद्धता बोध गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै