सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

रहनुमाय मुस्लिम बोर्डद्वारा एक गरिब परिवारमा नगद रु.१ लाख २० हजार सहयोग

 ९ कार्तिक २०७८, मंगलवार  

धनुषा – रहनुमाय मुस्लिम बोर्ड दोहा-कतारद्वारा एक गरिब परिवारमा नगद रु.१ लाख २० हजार सहयोग गरिएको छ।

धनुषाको सहिदनगर नगरपालिका वार्ड नम्बर ८ बिसरभोरा टोलमा बस्ने अमिर नदाफकी छोरी अन्दाजी ३५ वर्ष सबनम खातुन बिरामीले निधन भएकी थिइन्।

निधन भएकी खातुनको एक छोरा १ वर्ष र एक छोरी ५ वर्षकि थिइन्। छोरा छोरीको स्वास्थ्य,शिक्षा र पोषणमा सहयोग पुग्ने उद्देश्यले रहनुमाय मुस्लिम बोर्ड दोहा-कतारद्वारा तारिख 2021/10/20 को दिन नगद रु.१ लाख २० हजार सहयोग गरिएको हो।

आर्थिक नगद हस्तान्तरण गर्दा हाफिज लाल मोहम्मदको अध्यक्षता रहेकोे थियो। भने सुरेश खर्गा यादव, ताहिर राइन लगायत १ दर्जन भन्दा बढी समाजसेवी, स्थानीय अगुवाहरुको उपस्थिति रहेकोे थियो।

यता सहयोगीदाता मो. अलिहुसेन र जमिर नदाफको अगुवाइमा कलामुदिन राइन, अजाद मन्सुर,अमिरुल राइन सदाम राइन इमरान खान अजिम राइन असलम, इसुफ, मोनाजिर लगायत जम्मा ६२ जनाको सहयोगमा रु.१ लाख २० हजार कलेक्सन भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै