बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

नेपालमा डान्स रियालिटी शो हुने, विजेतालाई २५ लाख

 ९ कार्तिक २०७८, मंगलवार  

नेपालमा नृत्य प्रतियोगिता(डान्स रियालिटी शो) डान्स च्याम्पियन हुने भएको छ । कि एड्भर्टाइजिङ प्रालिले इन्टरनेशनल डान्स एकेडेमी सँगको सहकार्यमा डान्स रियालिटी सो गर्न लागेको हो ।

नेपालीको नृत्य प्रतिभालाई नेपाली दर्शक सामु लैजाने र नेपाली नृत्यको प्रचार प्रसार गर्न डान्स रियालिटी शो गर्न लागेको कि एड्भर्टाइजिङले बताएको छ । मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको निर्णायक मध्येकी एक नायिका निरुता सिंहले नेपालीपनको नृत्य रियालिटी शोमा हेर्न पाइने बताइन् । नेपाली टेलिभिजनमा फ्रेन्चाइज शोहरुको दबदबा रहेको समयमा आफैँ मौलिकता बोकेको नृत्य प्रतियोगिता हुन सक्नु गौरवको विषय भएको नायिका एवं निर्णायक सिंहले बताइन् ।कार्यक्रम आगामी कार्तिक २५ गतेदेखि हप्ताको बिहीवार र शुक्रवार प्रशारण हुनेछ । प्रतियोगिताको निर्णायकमा नायिका सिंहसँगै, कोरियोग्राफर जगत रावल, डान्सर आस्मा विश्वकर्मा रहनेछन् । प्रतियोगिताको बिजेताले २५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिता सम्बन्धी कार्यक्रम कान्तिपुर टेलिभिजनमा हेर्न पाइनेछ भने यो ३४ भागको हुने कार्यक्रम निर्माता कि एड्भर्टाइजिङले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै