बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

अपहरण गरि भारत पुर्‍याइएकाे बालककाे १४ घण्टापछि सकुशल उद्धार

 १० कार्तिक २०७८, बुधबार  

१० कात्तिक, कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका-३ गुलरीका पाँच वर्षीय बालकको अपहरण भएको १४ घण्टापछि सकुशल उद्धार गरिएको छ । घरमा खेल्दै गरेका पाँच वर्षीय सलमान खान डफाली मङ्गलबार दिउँसो १ बजे अपहरणमा परेका थिए ।

प्रहरीमा दिएको जाहेरी अनुसार भारतको सिद्धार्थनगर जिल्ला अलिगडवा बस्ने मौफुस मुसलमानले अपहरण गरेका थिए । डफालीको बुधवार राति पौने ३ बजे उद्धार गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।

प्रहरीका अनुसार डफालीका बुवासँग आर्थिक लेनदेनको विषय नमिल्दा मुसलमानले बालक अपहरण गरेका थिए । उनलाइ कपिलवस्तु र रुपन्देहीको सीमा नजिकबाट मोटरसाइकल प्रयोग गरी भारत लगिएकाे थियाे ।

मुसलमानले पाउनुपर्ने रकम पाएपछि बालकलाई अपहरण मुक्त गरेका थिए । बालकलाई सकुशल मुक्त गराउन जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारतीय प्रहरीको सहयोग लिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै