बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

धनुषामा बेपत्ता बालकको लासलाई प्रहरीले थप अनुसन्धान गर्दै

 ११ कार्तिक २०७८, बिहीबार  

धनुषा टाईम्स – धनुषामा बेपत्ता भएको ५ वर्षीय बालकको लास पोखरीमा फेला परेपछि इलाका र जिल्ला प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।


धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वार्ड न.११ स्थित मामा घर आएको शंकरपुर डिल टोलबाट ५ वर्षीय अरमान राइन कार्तिक ९ गते मंगलबार दिउँसो २ बजेदेखि बेपत्ता भएको सो बालकको शव बुधबार साझ ४ बजे फेला परेको थियो। खोलामा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।


भारतको जिल्ला मधुबनी देउढा टोल अकहोन्हा बस्ने अत्तरुल राइनको छोरा अन्दाजी ५ वर्षीय अरमान राइन रहेकोे छ। बिहेमा मामा घर आएका अरमान दिउँसो अचानक बेपत्ता भएपछि परिवार लगायत स्थानीयले खोजी गरेका थिए। नभेटेपछि प्रहरी लगायत धेरै सुचना मार्फत जानकारी गराएको थियो।


यता बुधबार साझ लाल बिहारीको पोखरीमा मृत अवस्थामा सो बालक फेला परेको इलाका प्रहरी कार्यालय ढल्केबरका इन्सपेक्टर प्रदिप सुवेदीले जनाएको छ।

सुवेदीले भने हामीले कानुन बमोजिम घटनाका वरिपरि के-के सबुत छ। सबैको खोजतलासमा लागेका छौँ। अहिले अनुसन्धान हुदैछ र थप अनुसन्धानका लागि मृतक बालकको पोस्टमाटम गर्न प्रदेश-२ को प्रादेशिक अस्पतालमा लागिरहेछौं। घटना स्थलमा अनुसन्धानको बेला डाक्टर , जिल्ला कार्यालयका वकिल, जिल्ला प्रहरी कार्यालय प्रमुख एस पि. लगायत यसका विज्ञहरु हिजो रातिदेखि लागिरहेका छौं” इन्सपेकटर सुवेदीले पत्रकार तनविर राइनलाई प्रत्यक्ष रिपोर्टिङमा भनेका छन्।

यता गाउँ स्थानीयवासी सो घटनाले चिन्तितसहित शोकमै डुबेका छन्। परिवार र स्थानीयको अनुसार घटनालाई प्रहरीले दबाउन खोजेको आरोप लागेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै