बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

बेपत्ता बालकको ज्यान गयो, अनुसन्धान गर्ने प्रहरीले घटनालाई दबाउन खोजेको आरोप

 १२ कार्तिक २०७८, शुक्रबार  

जनकपुर – धनुषामा बेपत्ता भएको ५ वर्षीय बालकको लास पोखरीमा फेला परेपछि अनुसन्धान गर्ने प्रहरीले घटनालाई दबाउन खोजेको स्थानीयको आरोप छ।

धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वार्ड न.११ स्थित मामा घर आएको शंकरपुर डिल टोलबाट ५ वर्षीय अरमान राइन कार्तिक ९ गते मंगलबार दिउँसो २ बजेदेखि बेपत्ता भएको सो बालकको शव बुधबार साझ ४ बजे लाल बिहारीको पोखरीमा मृत अवस्थामा फेला परेको थियो। बालकको घाँटीमा कुनै बस्तुले बाधेको चिन्ह स्थानीय लगायत प्रहरीले प्रष्ट रुपमा देखिएका थिए।

त्यसपछि अनुसन्धान प्रहरी टोलीले बिहीवार बिहान सबुतको खोजी गर्न कुकुरको प्रयोग गरेको थियो। कुकुरको माध्यमले के पत्ता लागेको सो कुरालाई प्रहरीले कसैलाई बताएनन् र पत्रकारले बारम्बार प्रश्न गरेपनि भनेनन् । सो गाउँका स्थानीय र परिवारको अनुसार घटनालाई प्रहरीले दबाउन खोजेको आरोप लागेका छन्।

स्थानीय र परिवारजनले न्याय माग्दै अपराधीलाई छिटोभन्दा छिटो कार्बाही गर्न माग गरेका छन्। प्रहरीका अनुसार अहिलेसम्म थप अनुसन्धान हुदैछ।<del

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै