बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

मन्त्री सवार गाडीले दियाे मोटरसाइकललाई ठक्कर

 १२ कार्तिक २०७८, शुक्रबार  

बुटवल । लुम्बिनी प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही सवार गाडीले एक मोटरसाइकललाई ठक्कर दिएको छ । बिहीबार अपराह्न ५ बजेतिर मन्त्री शाही सवार भे १ झ ३३१ नम्बरको गाडीले लु ७८प  ५६६३ मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा रुपन्देहीको तिलोत्तमा–३, शंकरनगरमा मन्त्री सवार गाडीले ठक्कर दिँदा बुटवल उपमहानगरपालिका–१२, तामनगर निवासी २० वर्षीय मिगिन मगर घाइते भएका हुन् । दुर्घटनामा परी घाइते व्यक्तिको वास्ता नगरी मन्त्री शाही हतार–हतार अर्को गाडीमा चढेर पुनः भैरहवातर्फ गएको प्रत्यक्षदर्शीको भनाइ छ ।

तर मन्त्री शाहीले घाइतेलाई उपचारका लागि क्रिमसन अस्पताल लैजान आफूले स्वकीय सचिवलाई निर्देशन दिएको बताए । उनले आफ्नो गाडी र चालक पनि अहिले ड्राइभर टोल प्रहरी चौकीमा रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै