सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

हरेक क्षेत्रमा सबै समुदायको पहुँच हुनुपर्छ अनि मात्र सुखी र समृद्व नेपाल

 १२ कार्तिक २०७८, शुक्रबार  

जनता समाजवादी पार्टीका युवा नेता जितेन्द्र यादवले मुलुकको शिक्षा क्षेत्र दिनानुदिन खस्कदै गएको बताउनु भएको छ ।
आज जनकपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले प्रदेश मार्फत हुनु पर्ने शिक्षालाई स्थानीय मातहतमा राखेर संघीय सरकार आफै नियन्त्रण गरिरहेका कारण शिक्षा क्षेत्र धारासायी हुँदै गएको उहाको कथन थियो ।

दलित, जनजाति, मुस्लिम, महिलाहरुमा शिक्षाको पहुच बढाउनु पर्नेमा जोड दिदै नेता यादवले भने , जबसम्म यो समुदायको शिक्षामा पहुच हुँदैन तबसम्म सुखी नेपाल समृद्व नेपालको परिकल्पना पनि गर्न सकिदैन ।

प्रदेश्मा झण्डै १३ प्रतिशत रहेको मुस्लिम समुदायको धार्मिक शिक्षालाई समेत मान्यता दिनु पर्नेमा जोड दिदै नेता यादवले मदरसा शिक्षामा एकरुपता तथा समय सापेक्ष बनाउने जिम्मा राज्य लाई लिनु पर्ने बताए ।
शिक्षा हासिल गरेर गलत र सहि छुट्याउन सके आफू हरु समाप्त हुने डरका कारण काँग्रेस र कम्युनिष्टले ती समुदायहरुलाई शिक्षा बाट बञ्चित गर्न खाेजेकाे उनको आराेप थियो । त्यसकाे प्रत्यक्ष उदाहरण भनेकाे मदर्शा शिक्षाका साथै मातृभाषा शिक्षामा राज्य पक्ष उदासिन रहनु हो ।
शिक्षाको आमूल परिबर्तनका लागि जसपा नेपालले गरिरहेको संघर्षको एक सिपाहिकाे हैसियतले विराषतवाद राजनीति बिरुद्धको सँघर्षमा सहभागी भई विभेद रहित समाज निर्माण गर्न यादवले युवा बर्गमा आग्रह समेत गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै