सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

फाइजरको खोप ५ देखि ११ वर्षका बालबालिकालाई दिन अमेरिकाको अनुमति

 १३ कार्तिक २०७८, शनिबार  

अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)ले फाइजर र बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन अनुमति दिएको छ।

 

अमेरिकामा १२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाका लागि पहिलोपटक कोरोना खोपलाई अनुमति दिइएको हो। यसअघि एफडीएका विशेषज्ञहरुले यो खोपलाई अनुमति दिन सिफारिस गरेका थिए।

 

शुक्रबार फाइजरको खोपले बालबालिकामा लगाउन अनुमति पाएसँगै दुई करोड ८० लाख अमेरिकी बालबालिका यसबाट लाभान्वित हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्। पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकामा यो खोप ९० प्रतिशत प्रभावकारी देखिएको फाइजरले बताएको छ।

 

एफडीएका अधिकारीहरुले बालबालिकालाई पनि खोप लगाउनाले छिटै नै अमेरिका सामान्य अवस्थामा फर्किन सक्ने बताएका छन्। चीन, क्युबा र यूएईले यसअघि नै बालबालिकाको लागि कोरोना खोप लगाउने अनुमति दिइसकेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै