सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

शिक्षित महिला पनि बेचबिखनको जोखिममा

 १३ कार्तिक २०७८, शनिबार  

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा कास्की प्रहरीले सोमबार दुईजनालाई पक्राउ गर्‍यो। पोखराको लेकसाइडस्थित होटल ड्रिमल्यान्डमा महिलालाई काममा लगाइदिन्छु भन्दै प्रलोभन तथा डरत्रास देखाई यौन शोषण गर्न लगाएको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा–१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बाराको कोल्बी नगरपालिका–१ का २६ वर्षीय ऋषि भट्टलाई पक्राउ गरेको हो। उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई प्रहरीले अनुसन्धान गरिरहेको छ।

यस्तै मानव बेचविखनमा संलग्न रहेको अभियोगमा चितवन भरतपुर महानगरपालिका–१० बस्ने ५० वर्षीय विश्वबन्धु घिमिरे शनिबार भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट पक्राउ परे। उनले नृत्य सिक्ने क्रममा चिनजान भएकी १९ वर्षीया किशोरीलाई भारतको बैंगलोर पुर्‍याई यौन व्यवसायमा लगाउने गरी बेचबिखन गरेको आरोप लागेको छ।

२०७० फागुन ४ गते काँकडभिट्टा हुँदै भारतको सिलगुढीबाट बैंगलोर पुर्‍याइएकी किशोरी माइती नेपालको सहयोगमा २०७१ वैशाख १५ गते नेपाल फर्केकी थिइन्। त्यसलगत्तै पीडितको जाहेरीका आधारमा प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले घिमिरेलाई पक्राउ गरेर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान गरिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै