बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जनकपुर : मेयर लालकिशोर साहको बदमासी भन्दै वडाध्यक्षले गरे फोहोर पुरस्कर

 १४ कार्तिक २०७८, आईतवार  

जनकपुरधाम –  दशैँ तिहारमा पनि जनकपुरधाम  उपमहानगरपालिकाले फोहरको उचित व्यवस्थापन नगरेको भन्दै केही वडाध्यक्ष आन्दोलित बनेका छन् ।

फोहोरले जनकपुर बजार दुर्गन्धित बनेको भन्दै वडाध्यक्षहरू जानकीराम साह, दीपेन्द्र साह, शत्रुधन साह, सुदर्शन सिंहलगायत विरोधमा उत्रिएका हुन् । दीपावली छठका बेला पनि फोहोर नउठाएपछि आफूलाई आन्दोलन गर्नु परेका वडाध्यक्षहरुले बताए ।

आन्दोलित वडाध्यक्षहरूले आइतबार ट्याक्टरमा फोहोर लिएर उपमहानगर पालिकाको कार्यालयमा थुपार्न लैजाने क्रममा प्रहरीले रोकेका थिए । प्रहरीले रोकेपछि फोहोर बोकेको ट्याक्टर सडकमा तेर्साएर वडाध्यक्षहरू केही समय धर्नासमेत बसेका थिए ।

जनकपुरधामका मेयर लालकिशोर साहको बदमासीका कारण हालसम्म डम्पिङ साइट निर्माण नभएको र सरसफाईको नाममा करोडौं रुपैयाँ खर्च गरे पनि फोहरको व्यवस्थापन वडाध्यक्षहरूको आरोप छ । उनीहरूले फोहरको चाडै व्यवस्थापन नभए आफूहरूले मेयरलाई कालोमोसो दल्ने चेतावनी समेत दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै