सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

वडाध्यक्ष साहले दिए मेयर साहलाई कालोमोसो दल्ने चेतावनी

 १५ कार्तिक २०७८, सोमबार  

जनकपुरधाम उपमहानगरपालिका ७ का वडाध्यक्ष जानकीराम साहले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई कालोमोसो दल्ने, चेतावनी दिएका छन ।

जनकपुरधाम फोहोरले दुर्गन्धित बनेपछि जनकपुरधामका वडाध्यक्षहरु आन्दोलित बनेका छन् । दिपावली छठका बेला पनि फोहोर नउठाएपछि आन्दोलन गर्नु परेका वडाध्यक्षहरु बताउछन् । वडाध्यक्षहरु जानकीराम साह, दिपेन्द्र साह, शत्रुधन साह, सुदर्शन सिंह लगायतले ट्याक्टरमा फोहोर लिएर उपमहानगर पालिकाको कार्यालयमा थुपार्न लैजाने क्रममा प्रहरीले रोकेका हुन् । प्रहरीले रोकेपछि फोहोर बोकेको ट्याक्टर सडकमा तेर्साएर वडाध्यक्षहरु धर्ना बसेका छन् ।

जनकपुरधामका मेयर लालकिशोर साहका कारण हालसम्म डम्पिङ साइट निर्माण नभएपछि फोहोर व्यबस्थापनमा समस्या हुने गरेको छ । वडाध्यक्ष जानकीराम साहले तत्कालै फोहोर उठाउन सुरू नगरिए मेयर साहलाई कालोमोसो दल्ने चेतावनी दिए । वडाध्यक्ष साहले, मेयर लालकिशोर साहले महिनाको लाखौं रुपैया खादैँ र फोहर व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै