बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

बजारमा सुनको मूल्य बढ्यो

 १५ कार्तिक २०७८, सोमबार  

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएकोमा सोमबार एक सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको हो ।

सोमबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार २७५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य पनि तोलामा पाँच सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको छ । हिजो आइतबार एक हजार २४० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ६७ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै