बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

नेपालमा पहिलो पटक दुई युवाले ल्यायो सामग्री किन्दा छुट हुने कार्ड संचालनमा

 २१ कार्तिक २०७८, आईतवार  

जनकपुर – नेपालमा पहिलो पटक दुई युवाले “डिस्काउन्ट क्लब” नामको छुट हुने कार्ड संचालनमा ल्याइएको छ।

मार्केटमा महङ्गो कुनै वस्तु लिदा ग्राहकले पसलेसंग छुट मागेपछि नदिने वेलामा “डिस्काउन्ट क्लब” नामको कार्ड हेराएपछि १०% देखि ५०% सम्म छुट दिने अफर यो कार्डद्वारा संचालनमा ल्याइएको हो। यो कार्डको कम्पनीले गरेको सम्झौता भएका पसल, होटेल, रेस्टुरेन्ट, अस्पताल इत्यादिमा छुट हुने व्यवस्था छ।

यसका संस्थापक अनुज साह र शिव यादव छन्। उनी दुबैको घर जनकपुरमा हो। जनकपुरको मिट क्याम्पसमा कक्षा १२ सम्म पढेर उनले भारतबाट एम.बि.ए. गरे। त्यसपछि उनलेे नयाँ सोचको साथ देशमा नभएको काम गरेर हेराउने सपना लिएर एक कार्डको स्थापना गरेको छ। जसको नाम “डिस्काउन्ट क्लब” राख्यो।

हामीले बजारमा एउटा अभियान लिएर आएका छौँ। ग्राहक र पसले दुबैलाई फाइदा हुने पहलमा लाग्यौं। हामी २१औं शताब्दीमा आइसकेका छौ तर समयअनुसार काम भएको देखिएन, अब हामीले एक कार्ड संचालन गरेका छौ। जसबाट ग्राहकले मार्केटिङ गर्दा राम्रो छुट पाउनु हुने यसका संस्थापक अनुज साहले बताए।

अस्पतालमा गएका विरामीले कम रुपियाँमा उपचार र औषधि पाउने हुनेछ। होटेलमा वा रेस्टुरेन्टमा जाने ग्राहकले अब महँगो परिकारका खाना कम पैसामा पाउने हुनेछ । हामिले महोत्तरी जिल्लाको बर्दिबास लिएर धनुषा जिल्लाको जनकपुरसम्मका होटेल,रेस्टुरेन्ट,मेडिकल,अस्पताल, डिपार्टमेन्ट,मल,पसल इत्यादिमा पहल थालिसकेका छौं। “डिस्काउन्ट क्लब” को कार्डले दिने सुबिधा र अफर जनताको लागि सन्तुष्टजनक छ। कम पैसामा धेरै सामग्री खरिद गर्न सक्ने कार्डलाई बजारमा ल्याए यो कार्ड बनाउन रु.९९९/ लाग्नेछ भने १ वर्षसम्म चल्ने ग्यारेन्टी समेत रहेकोे यसका संस्थापक शिव यादवले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै