घर आगन नियमित बचत तथा ऋण सहकारी संस्था लि. को १३ औँ बार्षिक साधारण सभा सम्पन्न || बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह ||

सामा–चकेवा पर्व आजबाट शुरु

 २३ कार्तिक २०७८, मंगलवार  

मिथिलामा लोकआस्थाको पर्व छठको बीचमै दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिएको सामा–चकेवा पर्व आज शुरु हुँदैछ ।

कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको खरनाका दिन बोलीचालीमा ‘सामा’ भनिने सामा–चकेवा पर्व शुरु गर्ने मैथिल परम्परा छ । यसै परम्पराअनुसार मिथिलाका ललना (छोरीचेली, दिदीबहिनी) ले आज सामा

खेल शुरु गर्ने तयारी गरेका हुन् । कात्तिक शुक्ल पञ्चमीका दिन शुरु गरिने यो पर्व एघारौँ दिन कात्तिक पूर्णिमाका सामा–चकेवाको विसर्जन गरी समापन गरिनेछ ।

आजदेखि दश दिनसम्म मिथिला क्षेत्रका दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य बखान गर्दै दीर्घायुको कामनाका साथ सामा–चकेवा खेल्नेछन् । कात्तिक शुक्ल पञ्चमीका दिन (आज) मिथिलाञ्चलका दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँ÷नगर बस्ती छेउका खेत तथा पाखामा गएर सामा–चकेवा बनाउन दाजुभाइको हातबाट माटो खनेर ल्याई सो माटो मुछेर विभिन्न प्रकारका कलात्मक सामा–चकेवा (माटाका मूर्ति, आकृति) बनाउनेछन् । सामा–चकेवा बेलुकासम्म सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ्ग भरेर सामा चकेवा रङ्गीचङ्गी बनाइनेछ । रङ्गिसकेको सामा–चकेवा रातको बेला रातो रङ्गको बाँसको डालामा राखेर दियोबाली गाउँ÷नगर बस्तीका चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर दश दिनसम्म गीत, नाच गर्दै चेलीबेटीले सामा चकेवा खेल्ने चलन छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै