बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

संघीयता सहितको लोकतान्त्रिक गणतन्त्र स्थापनामा पत्रकारको ठूलो योगदान : मन्त्री साह

 २६ कार्तिक २०७८, शुक्रबार  

राजबिराज – संघीयता सहितको लोकतान्त्रिक गणतन्त्र स्थापनामा पत्रकारहरुको ठूलो योगदान रहेको प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र साहले बताएका छ्न्।

बिहीवार सप्तरीको राजबिराजमा छ्ठ, सामाचकेवा पर्वको अवसर पारेर प्रेस मञ्च नेपाल सप्तरीद्वारा आयोजित शुभकामना एवम सम्मान कार्यक्रममा मन्त्री साहले सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

मन्त्री साहले भने मिडिया काउन्सिलको स्थापना गरेर पत्रकार र संचार क्षेत्रको समग्र उत्थानका लागि प्रदेश सरकार अघि बढेको छ ।’ पत्रकारहरुको साथ सहयोग बिना सरकार अघि बढ्नै सक्दैन’, संघीयता सहितको लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अझै पत्रकारहरुले सशक्त रुपमा कलम चलाउनु आवश्यक छ ।’ प्रदेश २ सरकार संचार क्षेत्रको चौतर्फी बिकास र पत्रकारहरुको पेशागत सुनिश्चितताका लागि प्रतिवद्ध रहेको मन्त्री साहले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै